विदेश

स्टकहोम आक्रमणका आरोपीद्वारा आरोप स्वीकार

स्टकहोम आक्रमणका आरोपीद्वारा आरोप स्वीकार
चैत्र – २९ । स्वीडेनको राजधानी स्टकहोममा लरी आक्रमण गराउने आरोपीले आफूमाथि लागेको आरोप स्वीकार गरेका छन् । गत शुक्रबार स्टकहोमको एक व्यस्त पसलमा लरी आक्रमण गराएको आरोपमा उज्बेकिस्तानका ३९ वर्षीय रखमत अकिलोवलाई प्रहरीले पक्राउ गरेको थियो । आरोपीका वकिललाई उद्धृद गर्दै अन्तराष्ट्रिय सञ्चारमाध्यमले रखमतले आफूमाथि लागेको आरोप स्वीकार गरेको बताएका छन् । शुक्रबारको सो घटनामा चार जनाको मृत्यु भएको थियो भने धेरै सर्वसाधारण घाइते भएका थिए । घाइते मध्ये दुई जनाको अवस्था अझैपनि चिन्ताजनक रहेको बताइएको छ । श्रीमती र चार बच्चालाई छोडेर रखमत उज्बेकिस्तानबाट स्वीडेन पैसा कमाउन आएका थिए । उनले सन् २०१४ मा स्वीडेनको आवसिय भिसाका लागि आवेदन दिएका थिए । तर, २०१६ डिसेम्बरमा उनलाई स्वीडेन सरकारले चार हप्तामा स्वीडेन छोड्ने आदेश दिएको थियो। त्यसपछि उनी गायब भए र स्वीडने प्रहरीले उनलाई अपराधीको सूचीमा राखेको थियो । त्यस्तै सो घटना घट्नु भन्दा पहिल्यै पनि उनी जेल परेका थिए । उनलाई इस्लामिक स्टेटप्रति सहानुभूति देखाएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो ।

विशेष