विदेश

अफगानिस्तानमा २४ घन्टाको अवधिमा ४६ लडाकु मारिए

अफगानिस्तानमा २४ घन्टाको अवधिमा ४६ लडाकु मारिए
चैत - २९ । अफगानिस्तानका विभिन्न ठाउँमा भएका सुरक्षा कारबाहीमा परी कम्तीमा ४६ जनाको मृत्यु भएको छ । अफगानिस्तानको गृह मन्त्रालयले मङ्गलबार दिएको जानकारी अनुसार गत २४ घन्टाको अवधिमा सरकारी सुरक्षा फौजले गरेको सुरक्षा कारबाहीमा यती ठुलो सङ्ख्यामा लडाकु मारिएका हुन् । सरकारी सुरक्षा फौजले देशभरका पाँच ओटा प्रदेशमा सुरक्षा कारबाही गरेको मन्त्रालयद्वारा जारी वक्तव्यमा जनाइएको छ । सुरक्षा कारबाहीका क्रममा अरु कम्तीमा २१ जना घाइते भएका छन् । सरकारी सुरक्षाफौजले विस्फोटक पदार्थसहितका विभिन्न हातहतियार पनि नियन्त्रणमा लिने तथा नष्ट गर्ने गरेको छ । सुरक्षा अधिकारीले सरकारीतर्फ कुनै क्षति भएको वा नभएको बारेमा अहिलेसम्म कुनै जानकारी दिएका छैनन् । नानगार्हार प्रान्तको अचिन जिल्ला, हेरात प्रान्तको घोर्यान जिल्ला, जावज्जान प्रान्तको डार्जाब जिल्ला, उरुज्जान प्रान्तको टिचिनकोट जिल्ला र सारीपुल प्रान्तको सायाद जिल्लामा सरकारी सुरक्षा फौजले सरकार विरोधी गतिविधि गर्नेहरुका विरुद्ध सुरक्षा कारबाही चलाएको हो । सिन्ह्वा

विशेष