News

प्रधानमन्त्री अकस्मात सडक अनुगमनमा निस्किएपछि

प्रधानमन्त्री अकस्मात सडक अनुगमनमा निस्किएपछि

चैत्र २९ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार काठमाडौं उपत्याकाको सडक अनुगमन गरेका छन् । व्यवस्थापिका संसद्मा धुलोका कारणले सर्वसाधारणको स्वास्थ्यमा असरपरेको गुनासो उठेपछि अकस्मात प्रधानमन्त्री दाहाल निर्माणाधिन सडकको अनुगमनमा निस्केका हुन् । संसदको सुशासन समितिमा काठमाडौंका सडक नाजुक अवस्था र सवारी साधनबाट उब्जेको समस्याबारे कुरा उठेको थियो । अनुगमनमा निस्कएका प्रधानमन्त्री दाहाले ललितपुरको सातदोबाटोदेखि कलंकीसम्मको सडकको निरीक्षण गरेका थिए । उनले सडक तथा सवारी साधनको अवस्थाका साथै निर्माण सामाग्री सडकमै थुपारेकोप्रति चासो देखाएका थिए । भूकम्प र भारतीय नाकाबन्धीका कारण निर्माण कार्य समयमै नसकिदा सर्वसाधारणले सास्ती भोग्नु परेको छ । कोटेश्वरदेखि कलंकीसम्मको सडकखण्ड सडक निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । चीन सरकारको सहयोगमा कोटेश्वरदेखि कलंकीसम्मको सडक खण्डलाई आठ लेनको बनाउनेकाम भइरहेको हो । त्यस्तै कलंकी चोकमा निर्माणाधिन अण्डर पास रोडको कारणले धेरै ट्राफिक जाम हुने गरेको छ ।

puspakamal dahal prachanda

विशेष