News

नयाँ संशोधन विधेयक संसद सचिवालयमा दर्ता

नयाँ संशोधन विधेयक संसद सचिवालयमा दर्ता
चैत - २९ । सरकारले संविधानको नयाँ संशोधन विधेयक मंगलबार व्यवस्थापिका–संसद सचिवालयमा दर्ता गराएको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद सचिवालयमा विधेयक शाखामा ‘नेपालको संविधान संशोधन गर्न बनेको विधेयक’ दर्ता गराएको हो । विधेयकमा संविधानको विभिन्न ११ बुँदामा संशोधनको प्रस्ताव गरिएको छ । यसअघि, संसदमा विचाराधीन रहेको सिमाना हेरफेरसहितको संशोधन विधेयक सरकारले फिर्ता लिएको थियो । मंगलबार दर्ता गरिएको विधेयकमा सिमाना हेरफेर गर्ने प्रस्ताव राखिएको छैन ।

संशोधन विधेयक

विशेष