खेल विदेश

जर्मनीमा खेलाडी चढेको बसमा आतंकारी हमला एक खेलाडी घाइते

जर्मनीमा खेलाडी चढेको बसमा आतंकारी हमला एक खेलाडी घाइते
चैत ३० । जर्मन फुटबल क्लव ब्रोसीया डर्टमण्डका खेलाडी बोकेको बसमाथि बम हमला भएपछि च्याम्पियन्स लिग अन्तर्गत मोनाको विरुद्ध मंगलबार राती हुनपर्ने खेल रद्द भएको छ । जर्मनीको डर्टमण्डस्थित रंगशालातर्फ जाँदै गर्दा तीन वटा बम हमला भएको थियो । जसमध्ये एउटा बम टिम बसनजिकै विष्फोट भएको थियो । विष्फोटमा परी खेलाडी मार्क बाट्रा घाईते भएका छन् । नाडीको हड्डी भाचिएपछि उनको राती नैं शल्यक्रिया गरिएको छ ।  अन्य खेलाडी तथा अफिसियलहरु सकुसल छन् । विष्फोट लगत्तै दुबै टोलीका खेलाडीहरुलाई प्रहरीले विशेष सुरक्षा दिएर होटल र्पुयाएका थिए । रंगशाला पुगेका झण्डै ८० हजार दर्शकलाई केही समय रंगशालाभित्रै राखेपछि सुरक्षित तवरबाट बाहिर निकालिएको थियो । प्रहरीले घटना नियोजित भएको र जर्मन फुटबल क्लव डर्टमण्डलाई नैं लक्षित गरिएको आशंका गरेको छ । घटनापछि रोकिएको खेल बुधबार वेलुकी पुनः हुनेछ ।

Garmany

विशेष