विदेश

चीनमा दैनिक सराेकारका क्षेत्रमा सात प्रतिशत मूल्यवृद्धि

चीनमा दैनिक सराेकारका क्षेत्रमा सात प्रतिशत मूल्यवृद्धि
चैत्र - ३० । मित्रराष्ट्र चीनमा घरजग्गा, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, यातायात र सञ्चारजस्ता दैनिक जनसरोकारका क्षेत्रमा मूल्यवृद्धि भएको छ। विश्वकै दोस्रो ठूलो अर्थतन्त्र बोकेको चीनमा गत महिना दैनिक जनजीवनसँग गाँसिएको उल्लिखित क्षेत्रको उत्पादक मूल्य सूची दरमा वृद्धि भइ सात दशमलव छ प्रतिशत पुगेको हो। चीनियाँ तथ्याङ्क विभागले शून्य दशमलव आठ प्रतिशतका दरले मूल्यसूची वृद्धि हुने पूर्वानुमान गरे पनि गत महिना मूल्य वृद्धि दर शून्य दशमलव नौ प्रतिशतले वृद्धि भएको जनाएको छ। चीनियाँ पक्षले यस किसिमको मूल्यवृद्धि चक्र कति लामोसम्म जारी रहने हो भन्ने चिन्ता व्यक्त गरेको छ। एएफपी

चीन

विशेष