News

यी ७ खानेकुरालाई भुलेर पनि फ्रिजमा नराख्नुहोस्

यी ७ खानेकुरालाई भुलेर पनि फ्रिजमा नराख्नुहोस्
आफूले खरिद गर्ने गरेका खानेकुरा तुरुन्तै प्रयोग नभएमा त्यसलाई जोगाएर राख्ने सबैको चाहना हुन्छ । खानेकुरालाई धेरै समयसम्म पनि ताजा बनाएर राख्नका लागि फ्रिज अर्थात रेफ्रिजेटरको प्रयोग गरिने गरिन्छ । तर सबै खानेकुरा फ्रिजमा राख्नु उचित हुँदैन । केही यस्ता खानेकुराहरु पनि छन् जुन फ्रिजमा राख्दा आफैँमा अस्वस्थ हुन्छन् र बिग्रन्छन् ।
१) केरा — केरालाई भुलेर पनि फ्रिजमा राख्नु हुँदैन । यसलाई फ्रिजमा राख्दा चिसोका कारण कुहिने सम्भावना हुन्छ । यसका साथै केरालाई फ्रिजमा राख्दा त्यसको पोषण पनि घट्ने सम्भानवा हुन्छ ।
२) आलु — आलुलाई फ्रिजमा राख्दा त्यसमा हुने स्टार्च सुगरमा परिणत हुने सम्भावना हुन्छ । त्यसकारण आलुलाई ठिक्क चिसो, सुख्खा र अध्यारो ठाउँमा राख्नु नै उचित हुन्छ ।
३) प्याज — प्याजलाई फ्रिजमा राख्दा प्याज नरम हुने सम्भानवा हुन्छ । अमेरिकाको ‘नेसनल ओनियन एसोसियसन’ अनुसार नकाटिएको प्याजलाई फ्रिजमा राख्नु हुँदैन । तर, यदि ताछिसकेको प्याज छ भने फ्रिजमा राख्दा केही फरक पर्दैन ।
४) अभोकाडो — यदि नपाकेको अभोकाडो खरिद गरिएको छ भने त्यसलाई फ्रिजमा राख्नु हुँदैन । अभोकाडो पाक्न अलि बढि नै समय लाग्ने हुनाले फ्रिजमा अत्याधिक चिसोको कारणले पाक्दैन । तर, पाकिसेपछि भने त्यसलाई फ्रिजमा राख्दा खासै फरक पर्दैन ।
५) लसुन — लसुनलार्इ पनि फ्रिजमा राख्नु हुँदैन । लजुनलाई फ्रिजमा राख्दा कोपिला बन्छ र धेरै नरम हन्छ ।
६) पाउरोटी — पाउरोटी फ्रिजमा राख्दा चाँडो सुख्खा हुने सम्भावना हुनुका साथै त्यसको चिसोले पाउरोटीलाई सारो बनाउँछ ।
७) गोलभेडा — गोलभेडा फ्रिजमा राख्नाले त्यसको स्वाद हराउँछ । गोलभेडा जति धेरै पाक्यो उति मिठो स्वाद आउँछ । तर, फ्रिजको चिसोले गोलभेडालाई पाक्न दिँदैन ।
८) मह — मह प्राकृतिक रुपमा संरक्षण भएको खानेकुरा हुँदा त्यसलाई हामीले संरक्षण गरिरहनु पर्ने जरुरत हुँदैन । महलाई फ्रिजमा राख्नाले त्यसमा भएको चिनी चाँडै ढाडिने सम्भावना हुन्छ ।

विशेष