विदेश

डेली मेलले मेलानिया ट्रम्पलाई यौनकर्मी भनेपछि....

डेली मेलले मेलानिया ट्रम्पलाई यौनकर्मी भनेपछि....

चैत्र – ३० । ब्रिटेनबाट प्रकासित हुने अखबार डेली मेलले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी पत्नी मेलानिया ट्रम्पलाई गलत आरोप लगाएबापत क्षतिपूर्ती दिएको छ । डेली मेलले मेलिनिया ट्रम्प एक समय यौनकर्मी रहेको लेख प्रकाशित गरेको थियो । राष्ट्रपतिको चुनावको बेला प्रकाशित गरिएको उक्त लेख विवादित बनेपछि डेली मेलले हटाएको थियो । आफ्नो बारेमा गलत लेख लेखेको भन्दै मेलानियाले १५ करोड डलर क्षतिपूर्ती मागदाबी गर्दै डेली मेलविरुद्ध गत फेरवरीमा मुद्दा दायरीकी थिइन् । लण्डन उच्च अदालतको सुनुवाइमा मेलानिया अखबारको तर्फबाट मागेको माफी स्वीकार गर्दै क्षतिपूर्ती लिएकी हुन् । मेलिनियाले १५ करोड डलर माग गरेपनि ३० लाख डलरमा सहमति भएको रोयर्ट्सले बताएको छ । स्लोभाकियामा जन्मेकी ४६ वर्षीया मेलानिया १९९० मा मोडेल बन्नका लागि अमेरिकामा आएकी थिइन् । उनले २००५ मा डोनाल्ड ट्रम्पसँग विवाह गरेकी थिइन् ।

Melanie Trump

विशेष