विदेश

अमेरिकी राष्ट्रपति ट्रम्पले बशर अल असदलाई दिए 'कसाइ'को संज्ञा

अमेरिकी राष्ट्रपति ट्रम्पले बशर अल असदलाई दिए 'कसाइ'को संज्ञा
चैत ३१ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाका राष्ट्रपति बशर अल असदलाई ‘कसाइ’को संज्ञा दिएका छन् । नेटोको महासचिव जेन्स स्टाल्टेनबर्गसँग संयुक्त प्रेस सम्मेलनमा उनले सिरियामा भएको नागरिकको नरसंहार रोक्न ढिला भइसकेको भन्दै तत्काल गृहयुद्ध अन्त्य गरिनुपर्ने बताए । गत हप्ता सिरियाली शासकले रासायनिक आक्रमण गरी आफ्नै देशका नागरिकको आमहत्या गरेपछि अन्तर्राष्ट्रिय जगतमा आलोचना भइरहेको छ भने अमेरिकाले चेतावनीस्वरुप सिरियामा मिसाइल आक्रमण नै गरेको छ । रासायनिक आक्रमणप्रति रुसी प्रतिक्रियालाई निकै निराशाजनक भन्दै ट्रम्पले सिरियामा मिसाइल आक्रमणको निर्णय सही रहेको जिकीर गरे । नेटो प्रासंगिकता नसकिएको भन्दै ट्रम्पले आफ्नो पुरानो अडान त्यागेका छन् । निर्वाचनका समयमा नेटोको विपक्ष दखिएका उनी अहिले पक्षमा उभिएका छन् । अतिवादको खतराकै कारण नेटोको महत्व बढेको उहाँको भनाइ थियो । अफगानन र इराकी सहयोगिको मद्धतमा नेटोले अझै धेरै काम गर्नुपर्ने उनको भनाई छ । नेटो महासचिवसँग नेटो, अतिवादको नियन्त्रणलगायतका विषयमा छलफल भएको उनको भनाइ छ ।

Donald Trump

विशेष