विदेश

पूर्व कर्णेलको अपहरण भारतीय जासुस ‘रअ’ ले गरेको पाकिस्तानकाे दाबी

पूर्व कर्णेलको अपहरण भारतीय जासुस  ‘रअ’ ले गरेको पाकिस्तानकाे दाबी

चैत्र ३१ । नेपालबाट हराएका पाकिस्तानका पूर्व कर्णेल मोहम्मद हबिब जहिर एक वर्ष अघि पाकिस्तानमा भारतीय जासुसी संस्था ‘रअ’ का सदस्य कुलभूषण जाधवको पक्राउमा संलग्न रहेको र खुलासा भएको छ ।

पाकिस्तान डिफेन्स नामको एक वेबसाइटले जाधवलाई पक्रउ गर्ने टिममा पाकिस्तानका पूर्व कर्णेल हबिब जहिर पनि संलग्न रहेको र उनलाई नेपालको लुम्बिनिबाट अपहरण गरिएको दाबी गरेको छ ।

पूर्व कर्णेल हबिब जहिरले पाकिस्तानी सेनाको आर्टिलरीमा काम गरी ३१ अक्टोबर २०१४ अवकाश पाएको सो वेबसाइटले जनाएको छ । हबिब गत बिहिबारदेखि लुम्बिनिबाट सम्पर्क विहिन भएका छन् ।

डिफेन्स वेबसाइटका अनुसार अवकाश प्राप्त लेफ्टिनेन्ट कर्णेल हबिब एउटा जागिरको अन्तर्वार्ताको लागि नेपाल आएका थिए । नेपालको लुम्बिनि पुगेर आफू गन्तव्यमा आइपुगेको बताएर फोटो पठाएपछि उनको परिवारसँग सम्पर्क टुटेको थियो ।

पाकिस्तान डिफेन्स वेबसाइटले हबिबलाई भारतले अपहरण गरेको आरोप लगाउँदै एउटा ट्वीट गरेको छ । जसमा लेखिएको छ, ‘रअ द्वारा पाकिस्तानी पर्व कर्णेल हबिब जहिर नेपालबाट अपहरण ।’

हबिबले २०१४ मा सेनाबाट अवकाश पाएका थिए  । पाकिस्तानको जुन टिमले २०१६ मार्चमा कुलभूषण जाधवलाई गिरफ्तार गरेको थियो । त्यस टिममा हबिब जहिर पनि संलग्न रहेका थिए । पाकिस्तानी डिफेन्स वेबसाइटको रिपोर्ट अनुसार कर्णेल हबिबले ३१ अक्टोबर २०१४ मा अवकाश पाएपनि उनी त्यसपछि पनि ‘आईएसआई’का लागि काम गरिरहेका थिए ।

प्रायजसो हबिब नेपाल आउने जाने गरिरहन्थे र भारतीय जासुसि एजेन्सि ‘रअ’ले हबिबलाई निगरानी गरिरहेको थियो ।

Indian Raw

विशेष