News

विकासका एजेण्डा लिएर गाउँदेखि सहरसम्म यात्रा गर्नेर्छौं - गोल्छा

विकासका एजेण्डा लिएर गाउँदेखि सहरसम्म यात्रा गर्नेर्छौं - गोल्छा
चैत्र - ३१ । नवनिर्वाचति वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले महासङ्घले विकास निर्माणको कार्यलाई अघि बढाउने स्पष्ट पारेका छन् । रिपोर्टर्स क्लबकाे साक्षातकार कार्यक्रममा उनले भने, ‘देशमा विकासको खाँचो छ, हामी अब गाउँदेखि सहरसम्म विकासका एजेण्डाहरु लिएर यात्रा गर्नेर्छौं ।’ चुनाव सम्पन्न भएलगत्तै महासङ्घमा कुनै गुट–उपगुट नरहेको जिकिर गर्दै गोल्छाले भने,‘महासङ्घमा कुनै पनि किसिमको गुट तथा उपगुट छैन, हामी एक ढिक्का भएर संस्थालाई अघि बढाउँछौं ।’ महासङ्घको पहिलो पटक महिला नेतृत्व पाएकोमा सबैले गौरव गर्नुपर्ने भन्दै अध्यक्षले अघि सारेका विकासका सपना र आर्थिक एजेण्डाहरुलाई सार्थक तथा कार्यान्व्यन गराउन पहलकदमी लिने विश्वास व्यक्त गरे । कार्यक्रममा जिल्ला नगर उपाध्यक्ष प्रमोद श्रेष्ठले जिल्ला तथा नगरका समस्याहरुलाई आफूले सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । श्रेष्ठले प्रदेश तथा स्थानीय तहमा ऐनहरुमा भएका बाधा तथा व्यवधानहरुलाई हटाएर व्यवसायीहरुको नीति तथा कार्यक्रमहरू ल्याउन पहल गर्ने विश्वास दिलाए । कार्यक्रममा एशोसियट उपाध्यक्ष चन्द्र ढकालले श्रमिक र व्यवसायीहरुबीचको सम्बन्धलाई सुधार गर्दै लैजानुपर्नेमा जोेड दिए । ढकालले श्रमिक र मालिकहरुबीच समुधुर सम्बन्ध नभए निजी क्षेत्रको लगानीको सुनिश्चितता नहुने धारणा राखे । महासङ्घले उत्पादनमुलक क्षेत्रमा लगानीको सम्भावानहरु पहिचानगरि कार्ययोजनाहरु अघि सार्ने उनको भनाई थियो । उनले महासङ्घको सचिवालयलाई चुस्त, दुरुस्त र परिणाममुखी बनाउन आफूले पहल गर्ने प्रतिबद्धता जनाए ।

shekhar golcha

विशेष