News

‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’

‘राष्ट्रिय आवश्यकताले पशुपतिनाथमा नेपाली पुजारी राख्न खोजेको हुँ’
चैत्र–३१ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले राष्ट्रिय आवश्यकतानुसार नै सरकारले केही वर्षअघि पशुपतिनाथमा नेपाली पुजारी राख्ने प्रचलन सुरु गर्न खोजेको बताएका छन् । पशुपतिनाथका मूल भट्टमा त्यतिबेला नियुक्त हुनुभएका डा विष्णु दाहालले लेखेको ‘पशुपतिनाथमा सात दिन’ नामक पुस्तकको बिहीबार विमोचन गर्दै प्रधानमन्त्रीले भने,'मैले त्यतिखेर गरेको निर्णय गलत थिएन भन्नेमा म विश्वस्त छु । कला पुगेन होला, त्यसमा भने म सहमत छु । तर निर्णय नै गलत थियो भन्नेमा म छैन ।’ प्रधानमन्त्रीले पशुपति, राष्ट्रपति सेनापतिलगायत प्रकरणमा नेपाली जनताको भावना र राष्ट्रको आवश्यकतालाई सम्बोधन गर्ने जमर्को गरेको उल्लेख गर्दै केही कार्यशैलीगत कमजोरीका कारण निष्कर्षमा पुग्न नसकेको उल्लेख गरे । प्रधानमन्त्रीले भने,‘नेपाली जनताको भावना के छ, नेपाल राष्ट्रको आवश्यकता के हो भनेर नै मैले पशुपतिमा के सुधार गर्न आवश्यक छ, सेनापतिमा के सुधार गर्न आवश्यक छ, राष्ट्रपतिमा के सुधार गर्न आवश्यक छ भनेर कदम चालेको थिएँ । त्यसमा मेरो कुनै द्विविधा थिएन। अहिले पनि छैन । खालि शक्ति सन्तुलनको स्थितिलाई हेरेर अलि कलात्मक हुन मैले त्यतिबेला जानिन होला । तर जे मिसन थियो राष्ट्र र जनताको मिसनभन्दा बाहिर थिएन ।’ रासस  

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड राष्ट्रिय आवश्यकता

विशेष