News

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

अवरुद्ध मुग्लिन-नारायणगढ सडकखण्ड सुचारु

बैशाख - १ । सुख्खा पहिरोले अवरूद्ध बनेको मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालनमा आएको छ । सडक स्तरोन्नतिका क्रममा भित्तो काटिदा सो सडकखण्डको चार किलोमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको थियो । पहिरो पन्छाउने काम सकिएसँगै सवारीसाधान आवगमन संचालन भएको छ । शुक्रबार विहान ९ बजेको खसेको पहिरोका कारण दिउँसो १ बजेसम्म सवारी आवागमन रोकिएको थियो । विगत तीन दिन यता सोही ठाउँमा सुख्खा पहिरो खस्ने क्रम जारी छ । तीन दिन अघि सोही ठाउँमा पहिरो खस्दा एउटा पिकप भ्यान पुरिएपनि मानवीय क्षति हुनबाट जोगिएको थियो ।

मुग्लिन-नारायणगढ

विशेष