विदेश

श्रीमतीसँगको यौनसम्बन्धलाई लाइभ स्ट्रिम गर्ने इन्जिनियरलाई हिरासतमा राख्ने आदेश

श्रीमतीसँगको यौनसम्बन्धलाई लाइभ स्ट्रिम गर्ने इन्जिनियरलाई हिरासतमा राख्ने आदेश
बैशाख – १ । श्रीमतीसँगको अन्तरंगसम्बन्धलाई पोर्न वेबसाइटमा राख्ने भारतको हैदरावादका एक सफ्टवरे इन्जिनियरलाई अदालतले न्यायिक हिरासतमा राख्ने आदेश दिएको छ । साइबर अपराध विभागले करिब सात हप्ताको अनुसन्धानपछि ती सफ्टवेयर इन्जिनियरलाई पक्राउ गरेको थियो । गत साल नोवम्बरमा सफ्टवेर इन्जिनियरकी श्रीमती (पीडित)ले प्रहरीमा उजुरी दिएकी थिइन् । पीडितलाई उनका साथीहरुले जानकारी दिएका थिए र उजुरी दिँदासम्म उनलाई आफ्ना पतिप्रति कुनै शंका नभएको बीबीसीले बताएको छ । अभियुक्तले एक पोर्न साइटमा मेल एक्सिस गर्ने गरेको कुरा पनि सामुन्य आएपछि साइबर अपराध विभागले अनुसन्धानलाई ब्यापक बनाएको थियो । उनले त्यही वेबसाइटबाट आफ्नी श्रीमतीसँग बिताएका पलहरुलाई लाइभ स्ट्रिमिंगको माध्यमबाट अपलोड गर्ने गरेको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । साइबर अपराध विभागका असिस्टेन्ट पुलिस कमिश्नर एस जयरामले बताए अुनसार अभियुक्तले आफूलाई बाल्यकालदेखि नै पोर्नोग्राफीको लत लागेको र भिडियो अपलोड गरेरे उक्त वेबसाइटबाट पैसा पनि कमाएको बयान दिएका छन् । अभुक्तिले श्रीमतीसँगको अन्तरंग पलका समयमा आफ्नो ल्यापटपमा फिल्म चलाएर राख्ने र त्यसमा जोडिएको वेब क्यामेराका माध्यमबाट भिडियोलाई लाइभ स्ट्रिममा पठाउने गरेको अनुसन्धनबाट खुल्न आएको छ । तर, उक्त भिडियोहरुमा केवल श्रीमतीको मात्र अनुहार देखिएकोमा भने साइबर अपराधका विभागका प्रहरी अचम्ममा परेका छन् । थ्रिसुरमा यसै घटनासँग जोडिएका एक ब्यक्तिलाई पनि प्रहरीले पत्ता लगाएको छ । ती भिडियो अपलोड गर्ने ब्यक्तिलाई पक्राउ गर्नका लागि साइबर अपराध विभागले एक टोली परिचालन गरेको छ ।

Cyber Crime

विशेष