News

मदिरा सेवन नगर्ने प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

मदिरा सेवन नगर्ने प्रधानमन्त्री र स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

वैशाख–२ । ‘जीवन नै पहिलो’ भन्दै स्वास्थ बन्ने प्रतिवद्धतासहित प्रधानमन्त्री पुष्पकमल दाहाल र स्वास्थ्यमन्त्री गगन थापाले रक्सी सेवन नगर्ने प्रतिबद्धता जनाएका छन् । नयाँ वर्षको अवसरमा स्वास्थ्य मन्त्रालयले आयोजना गरेको पदयात्रा कार्यक्रममा सहभागी भई प्रधानमन्त्री दाहाल र स्वास्थ्य मन्त्री थापाले यस्तो प्रतिबद्धता जनाएका हुन् । सरुवाभन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन र जनचेतना जगाउन मन्त्रालयले कार्यक्रमको आयोजना गरेको थियो । पदयात्रा कार्यक्रममा प्रधानमन्त्रीका साथै उर्जामन्त्री जनार्दन शर्मा, स्वास्थ्य मन्त्री गगन थापा, नायिका मनिषा कोइराला, स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेती लगायतको सहभागिता रहेको थियो । कार्यक्रमका अवसरमा मन्त्रालयले स्वास्थ्य सम्बन्धी सचेतना बढाउन ‘मेरो वर्ष’ नामक एप्स सार्वजनिक गरेको छ । सरुवाभन्दा पनि नसर्ने रोगीको संख्या बढेको भन्दै रोगीको संख्या घटाउन राज्यले हैन जनताले प्रतिवद्धतामा सहभागी बन्नु पर्ने आवश्यकता भएको स्वास्थ्य मन्त्रालयका सचिव सेनेन्द्रराज उप्रेतीले बताए । कार्यक्रममा सहभागी अभिनेतृ मनिषा कोइरालाले आफूले क्यान्सरविरुद्ध संघर्ष गरेकाले स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिन् । उनले स्वास्थ्यका लागि घरमै गरिने सानो प्रयासले पनि ठूलो परिवर्तन ल्याउन सकिने बताइन् । रक्सीले शरीरका भित्री अंग खराव गरी चाँडै रोगी बनाउछ तर पनि रक्सी खानेको संख्या नघटेकाले यो प्रतिवद्धतामा आफू सहभागी भएको कोइरालाले बताइन् । खुसी हुदाँ, दुःख लाग्दा र फुर्सदको समयमा अरुभन्दा पनि रक्सी खानेको संख्या बढ्दो अवस्था भएको तथ्यांक छ । रक्सी कम्पनीको आकर्षक विज्ञापन र जनचेतना अभावले बालबालिकादेखि बृद्धबृद्धासम्म रक्सी पिउने दिनानुदिन बढ्दो अवस्थामा रहेको स्वास्थ्य संस्थाको तथ्याङक छ । स्वास्थ्य मन्त्री गगन थापाले ‘मेरो वर्ष– म स्वस्थ्य, मेरो देश स्वस्थ्य’ भन्ने नारा अघि सारेर पाँच प्रतिवद्धता सार्वजनिक गरेका छन् । कार्यक्रममा बोल्दै मन्त्री थापाले रक्सी नखाने लगायतका पाँच प्रतिवद्धता अवलम्बवन गर्न सके मात्रै पनि राज्यले स्वास्थ्य उपचारको अरवौ खर्च बचाउन सकिने बताए । –अन्नपूर्ण पोस्ट दैनिकबाट  

प्रतिबद्धता प्रधानमन्त्री र स्वास्थ्य मन्त्री मदिरा सेवन नगर्ने

विशेष