News

अव चक्रपथ सफाइ अभियान

अव चक्रपथ सफाइ अभियान
बैशाख - २ । वाग्मती सफाइ महाअभियान शुरु भएको २०५ औँ हप्तामा चक्रपथ सफाइ अभियान शुरु गरिएको छ । मुख्यसचिव डा सोमलाल सुवेदीले जारी गरेको १० बुँदे घोषणापत्र बमोजिम आजदेखि चक्रपथ सफाइ अभियान शुरु गरिएको हो । सफाइको शुरु गर्दै सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले घर टोल सफा नभएसम्म नदी नाला सफा नहुने भएकाले यो अभियान शुरु भएपछि उपत्यकाका नदीनाला सफाइमा सहयोग पुग्ने बताए । पूर्वसचिव एवम् वाग्मती सफाइको संयोजक गरिरहेका किशोर थापाले उपत्यकाका सडक सफा नभए त्यो फोहर नदीमै जाने भएकाले चक्रपथ सफाइ अभियान शुरु गरिएको बताए । सफाइमा पहिलो दिन चक्रपथबाट१० मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । रासस

Chakrapath

विशेष