विदेश

नयाँ दिल्लीकै व्यस्त मेट्रो स्टेशनमा पोर्न फिल्म चलेपछि.....

नयाँ दिल्लीकै व्यस्त मेट्रो स्टेशनमा पोर्न फिल्म चलेपछि.....

बैशाख – २ । नयाँ दिल्लीको राजीजव चोक मेट्रो स्टेशनको एक एलइडी स्क्रीनमा अचानक पोर्न भिडियो किल्प चलेको छ । किल्प इन्टरनेटमा भाइरल भएको छ । अप्रिल ९ तारिकका दिन अचानक स्टेशनको एक एलइडीमा पोर्न भिडियो किल्प चलेको होे । एलइडिको स्क्रीनमा अचानक पोर्न भिडियो चल्न थालेपछि त्यहाँ रहेका कर्मचारी, यात्रुलगायत हैरान भए भने केही व्यक्तिले उक्त घटनाको भिडियोसमेत बनाउन भ्याए । उक्त भिडियो इन्टरनेटमा भाइरल भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार जुन स्क्रीनमा भिडियो चलेको थियो, त्यो स्क्रीन विज्ञापनको लागि राखिएको थियो । सार्वजनिक स्थानमा पोर्न भिडियो चलेपछि मेट्रोको कामकारवाहीप्रति प्रश्न चिह्न खडा भएको छ । कर्नाट प्लेसमा बनेको उक्त स्टेशनलाई नयाँ दिल्लीकै सबैभन्दा व्यस्त चोक मानिन्छ । यो इन्टरचेन्ज स्टेशन हो, जहाँबाट ब्लू लाइन, यल्लो लाइन र एअरपोर्टका लागि मेट्रो संचालन हुने गर्दथे । भिडियो इन्टरनेटमा भाइरल भएपछि उक्त घटनको अनुसन्धानका लागि डिएमआरसीले एक टोली बनाएको छ । भारतीय सञ्चार माध्यमले बताएअनुसार डिइमआरसीका प्रवक्ताले घटनाबारे आफूलाई जानकारी आएको र यसको अनुसन्धान प्रक्रिया सुरु पनि भएको जानकारी दिएका छन् ।

नयाँ दिल्ली

विशेष