ट्रम्पकी छोरी इन्वाका तथा पूर्वराष्ट्रपति केनेडी पढेको विद्यालयमा वषौँदेखि यौन शोषण


बैशाख – २ । चार दशकसम्म अमेरिकाको एक चर्चिच बोडिंग स्कूलका १२ शिक्षकले छात्रामाथि यौन शोषण गरेको घटना बाहिर आएको छ । अमेरिकको कनेक्टिकटस्थित चोट रोजम्यारी हल नामक बोडिंग स्कुलमा भएको यौन शोषणको घटना बाहिर आएको हो । यौन शोषणको घटना १९९०को दशक भएको हो । स्कूलले पनि उक्त आरोप स्वीकार गरेको छ । सो घटनाको बारेमा स्कूलले आन्तरिक जाँचसमेत गरेको थियो । जाँचपछि स्कूलले आफ्नो विद्यालयका शिक्षकले गम्भीर गल्ती गरेको भन्दै माफीसमेत मागेको थियो । स्कूलले केही महिना अघि यौन शोषणको घटनाकाे स्वतन्त्र जाँच गराउने अनुमती दिएसँगै वितिसकेको घटनाले फेरि अन्तर्राष्ट्रिय मिडियामा चर्चा पाउन थालेको छ । याे घटनालार्इ १९८०को दशककै सबैभन्दा ठूलो यौन शोषणको घटना मानिए छ। तर, वर्तमान समयमा भने उक्त स्कूलका कुनै शिक्षक तथा कर्मचारीमाथि यौन शोषणको उजुरी छैन ।
