विदेश

हेर्नुहाेस्, उत्तर कोरियाकाे शक्ति प्रदर्शनका १० तस्बिर

हेर्नुहाेस्, उत्तर कोरियाकाे शक्ति प्रदर्शनका १० तस्बिर
वैशाख - २ । कुनैपनि प्रकारको परमाणु आक्रमणको प्रतिबाद गर्न आफ्नो देश तयार रहेको उत्तर कोरियाले जनाएको छ । अमेरिका प्रतिलक्षित गर्दै उत्तर कोरियाली अधिकारीले जथाभावी रासायनीक आक्रमण नगर्न चेतावनीसमेत दिएका छन् । ‘हामी हरेक आक्रमणको सामना गर्न पूर्ण तयारी अवस्थामा छौँ, आक्रमण गर्नेका विरुद्ध आफ्नै तरिकाले जवाफी आक्रमण गर्न पनि हामी सक्षम छौँ,’ सैन्य उच्च अधिकारी चोइ र्‍योङ हाइले भने । आफ्ना संस्थापक नेता किम इल सङको १०५औँ जन्मदिनको अवसरमा देशको सैन्य सामथ्र्य प्रस्तुत गर्नु अगाडि शनिबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । शहरको केन्द्रमा रहेको किम इल सङ स्क्वायरमा सैनिकहरुले कवाज र मार्च पास प्रदर्शन गरेका छन् । उत्तर कोरियाको सफलतापूर्वक परमाणु हतियार निर्माण गर्ने क्षमता बढ्दै गएको भन्ने चिन्ताका माझ शनिबार को प्रदर्शनीलाई आफ्नो सैनिक सामर्थ्य बाहिरी विश्वसामू प्रस्तुत गर्ने मौकाका रुपमा प्रयोग गरिएको देखिन्छ । अमेरिकाले एउटा युद्धपोत कोरियाली प्रायद्वीप नजिकै खटाएपछि अमेरिका र उत्तर कोरियाको सम्बन्धमा अहिले तनाव बढ्दै गएको छ ।शनिबार अमेरिकी र दक्षिण कोरियाली सेनाको संयुक्त फौज उत्तर कोरियाको सिमा नजिकै पुगेर क्याम्प खडा गरेको ह्वाइट हाउसले उल्लेख गरेका छ । उत्तर कोरियाले यसअघि श्रृंखलावद्ध रुपमा पाँचवटा परमाणु क्षेप्यास्त्रको परीक्षण गरिसकेको छ ।









उत्तर कोरिया शक्ति प्रर्दशन

विशेष