News

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी

बैशाख - २ । नेपाल पत्रकार महासंघ शाखा सप्तरीका पदाधिकारीहरुद्वारा काठमाडौस्थित केन्द्रीय कार्यलयमा तालाबन्दी गर्नुका साथै अनिश्चितकालीन धर्ना सु्रू गरेका छन् । चार बुँदे मागसहित पदाधिकारीहरू गत बुधबारदेखि अान्दाेलनमा उत्रिएका हुन् । झण्डै दुई वर्ष अघिदेखिको विवादमा महासंघ उदासिन बन्नुका साथै गैरजिम्मेवारीपूर्ण व्यवहार गरेकाे भन्दै पदाधिकारीले विराेध सुरू गरेका छन् । समस्या समाधानका लागि बुधबारदेखि केन्द्रीय कार्यालयमा तालाबन्दी गर्दै अनिश्चितकालिन धर्नामा बसेको सप्तरीका पदाधिकारीहरु बताउँछन् । विवाद समाधान गर्न मागसहितको ज्ञापन पत्र केन्द्रीय कार्यालयमा पटक–पटक बुझाईसकेको, सप्तरीस्थित महासंघका सबै पूर्व अध्यक्षहरुसमेत सप्तरीको विवाद समाधान गर्न केन्द्रीय पदाधिकारीहरुलाई पटक–पटक आग्रह गरिसकेको जनाइएको छ । यसअघि महासंघको केन्द्रीय कार्यसमितिले सप्तरीमा देखिएको विवादलाई मध्यनजर गर्दै गत फागुन ७ गतेको जिल्ला अधिवेशन अनिश्चितकालका लागि स्थगित गरेको थियो । तर, उक्त विवाद समाधानै नगरी पछिल्लो पटक आउँदो बैशाख ७ गतेभित्र अधिवेशन गराउनुपर्ने महासंघको केन्द्रीय कार्यालयले जनाएपछि आफूहरु आश्चर्यचकित हुँदै विवाद समाधानका लागि संघर्षमा उत्रिन बाध्य भएका जनाएका छन् ।

तालाबन्दी

विशेष