News

यूएईकाे म्यानपावरले यी ६ नेपाली महिला कामदारलार्इ बिक्रिमा राख्याे

यूएईकाे म्यानपावरले यी ६ नेपाली महिला कामदारलार्इ बिक्रिमा राख्याे

बैशाख – २ । युएईको म्यानपावर कम्पनीले छ जना नेपाली महिला कामदारलाई बिक्रीका लाखेको छ । अद शाहीन म्यानपावर रिक्रुटम्यान्ट कम्पनीले ती जना महिला कामदारलाई विक्रीका लागि राखेको हो । म्यानपावरले महिला कामदार रुपन्देहीकी २६ वर्षीया सीता बिक, धादिङकी ३५ वर्षीया सीता सार्की र झापाकी ३१ वर्षीया सीता बस्नेतलाई विक्रीमा राखेको छ । त्यसैगरी, उक्त म्यानपावरले मकवानपुरकी ३८ वर्षीया सीतामाया पाख्रिन, बर्दियाकी ३५ वर्षीया गीता नेपाल र अर्घखाँचीकी ४१ वर्षीया गीरा खात्रीलाई पनि बिक्रीमा राखेको छ । सो म्यानपावर कम्पनीले ती महिला कामदारको तस्बिरसहित विवरण राखेको छ । यस विषयमा युएईस्थित नेपाली दूतावसले कुनै प्रतिक्रिया दिएको छैन ।




विशेष