विदेश

१९ औं शताब्दीमा जन्मिएकी महिलाको २१ औं शताब्दीमा निधन

१९ औं शताब्दीमा जन्मिएकी  महिलाको २१ औं शताब्दीमा निधन
वैशाख ३ । विश्वकै सबैभन्दा धेरै उमेरकी महिला एमा मोरैनोको १ सय १७ वर्षको उमेरमा निधन भएको छ । १९ औं शताब्दीमा जन्मिएर पनि जीवित रहन सफल एमा एक्लो व्यक्ति थिइन् । उनको जन्म १८९९ को नोभेम्बर २९ मा इटालीमा भएको थियो । उनी तीन शताब्दीसम्म जीवन जीउन सफल भइन् । यस क्रममा एमाले असफल वैवाहिक जीवन, एक्लो छोराको निधन, दुईवटा विश्वयुद्ध तथा इटालीमा ९० भन्दा बढी सरकार देखिन् । आठ भाईबहिनीमा सबैभन्दा जेठी उनले ९० वर्षसम्म दैनिक तीन अण्डा खाने गरेकी थिइन् । उनकी आमा ९१ वर्षसम्म जीवित थिइन् भने केही बहिनी पनि सय वर्षसम्म जीवित थिए ।

Nidhan

विशेष