News

धुर्मुस सुन्तलीले अब बनाउने बस्ती त सुन्दै अनौठो !

धुर्मुस सुन्तलीले अब बनाउने बस्ती त सुन्दै अनौठो !

वैशाख–३ । विविधता नेपालको सम्पत्ति हो । तर यसलाई सही रुपमा आत्मसात् गर्न नसक्दा विग्रह उत्पन्न भइरहेको छ । सोही कारण नुमनाकै लागि सही, सीताराम कट्टेल र कुञ्जना घिमिरेलाई सबै जातजाति र समुदायका मानिसलाई जम्मा पारेर एउटा छुट्टै बस्ती बनाउने रहन पलाएको छ ।

कुञ्जनाका अनुसार सुरुमा ७५ जिल्लाबाट ७५ विपन्न परिवार छान्ने, जुन फरक जातका हुन् । अनि, घरचाहिँ प्रत्येक जातको आफ्नै मौलिक विशेषता झल्कने बनाउने । यसरी फरक आयामका मान्छेलाई एकै ठाउँमा ल्याउँदा संस्कृति, रहनसहन, जीवनशैली र मनोविज्ञान जीवन्त हुन्छ । एकअर्कालाइ हेय होइन, सम्मान गर्ने संस्कार बस्छ ।

बस्तीभित्र छिरेपछि पूरै नेपाल नै घुमेको आभास होस् । यति भएपछि बस्ती पर्यटनको ‘हब’ भइहाल्छ । मुनाफा पनि हुने नै भो । कुञ्जनाले सकारात्मक भावसहित भनिन्, ‘समय लाग्ला तर एक दिन पक्का यस्तो बस्ती निर्माण गर्नेछौं ।’ –नेपाल साप्ताहिकबाट

विशेष