चीनमा १ सय २० वर्षकै सबैभन्दा गर्मी

वैशाख ३ । चीनको सांघाईमा १ सय २० वर्ष यताकै सबैभन्दा गर्मी आज भएको चीनको समाचार संस्थाले जनाएका छन् ।
आज मापन गरिएको तापमानमा सन् १८ सय ९६ पछिकै गर्मी दिन भनिएको छ । आजको तापक्रम ३१ दशमलव २ डिग्री मापन गरिएको छ । यस अघि १८९६ मा ३३ डिग्री तापक्रम पुगेको थियो । चीनको मौसम विभागका अनुसार आइतबार उक्त तापक्रम पुगेको जनाएको छ । यस अघि चीनको तापक्रम ४० दशमलब ८ डिग्री सेप्टेम्बर २०१३ मा मापन गरिएको जनाएको छ ।
अप्रिल महिनामा यस अघिका वर्षहरुमा चीनको सांघाईको तापक्रम २६ डिग्री भन्दा मबाथि नपुगेको मौसम विभागका अधिकारीहरुले जनाएका छन् ।
Chaina