सिरियाका एलेप्पोमा आत्मघाती हमला ४५ सर्वसाधारणको मृत्यु

वैशाख ३ । सिरियाको एलेप्पो शहर सरकार नजिक भएको आत्मघाती कार बम विष्फोटमा ४५ जना मारिएका छन् ।
संघर्षको चेपुवामा परेका मानिसलाई सुरक्षित स्थानमा लैजान विद्रोही नियन्त्रित क्षेत्रमा बस केहीबेर रोकिंदा आक्रमण भएको थियो । बसमा दुईवटा गाउँबाट मानिसहरुलाई लगिंदै थियो ।
ती गाउँ विद्रोहीको घेरामा रहेको अधिकारीहरुले जनाएका छन् । यो घटनापछि संघर्षको चेपुवामा परेकाहरुलाई बाहिर लैजान थप चुनौती बनेको बताइएको छ ।
संघर्षको चेपुवामा फसेकाहरुलाई चार शहरबाट लैजान सहमति भएको थियो । विद्रोहीहरुले भने इरान र कतारको मध्यस्थतामा भएको सम्झौता सरकारले उल्लंघन गरेको आरोप लगाएको छ ।
सरकार र विद्रोही नियन्त्रित क्षेत्रबाट करीब ३० हजार मानिसलाई निकाल्नु पर्ने अनुमान छ ।
Siriya
