विदेश

हज गर्न जाँदा यौन दुर्ब्यवहारको शिकार भए : सोफिया

हज गर्न जाँदा यौन दुर्ब्यवहारको शिकार भए : सोफिया

बिग बोस –७ मा सहभागी मोडल सोफिया हायातले हज गर्न जाँदा (मुस्लिमको धार्मिकस्थल) मा आफुलाई यौन दुब्र्यबहार भएको बताएकी छिन् ।

सोफियाले एउटा भिडियो पोष्ट गर्दै भिडमा आफुलाई एक पुरुषले यौन दुब्र्यबहार गरेको बताएकी छिन् । उनी आफ्नो विहेको कुरा छिनिएका युवक व्ल्याड सटेन्स्युसंगै हज गर्न मक्का गएकी थिइन् ।

उनको भनाई अनुसार भीडमा व्ल्याडसँग छुट्टिइन् । त्यही वेला सँगै भएका एक पुरुषले उनलाई गलत तरिकाले छोए । उनले भनेकी छिन् ‘उनी मलाई ह्यार्यास गर्ने कोसिस गर्दै थिए । उनी लगातार मलाई धक्का दिँदै थिए ।’ उनलाई ति पुरुषले लगतारा धक्का दिएपछि केही ब्यक्ति आएर उनलाई रेस्क्यु गरे ।’

उक्त घटनावाट दुःखी भएकी सोफिया भन्छिन् ‘महिलामाथि हिंसा गर्ने ब्यक्ति असल मुसलमान हुन सक्दैन ।’ सोफियाले गएको मार्चमा आफ्ना प्रेमीसँग टीकाटालो गरेकी थिइन् ।

Sofia Hayat

विशेष