News

सेञ्चुरी बैंकको छैठौ वार्षिक साधारण सभा सम्पन्न

सेञ्चुरी बैंकको छैठौ वार्षिक साधारण सभा सम्पन्न

वैशाख ३ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको छैठौ वार्षिक साधारण सभा गत बिहीबारका सम्पन्न भएको छ ।

साधारण सभाले शेयरधनीहरुलाई नाफाबाट १० % बराबरको बोनस शेयर र दुई संस्था प्राप्ती पश्चात्को पूंजीमा ४० % हकप्रद शेयर ज।री गर्ने प्रस्ताव पारित गरेको छ ।

सो सभाले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ती गर्नलाई स्विकृती समेत प्रदान गरेको छ ।

यसैगरी सेञ्चुरी बैंकले आफ्नो ४ अर्ब ७ करोड पूंजी र चार संस्था प्राप्तीबाट करिब रु. २ अर्ब पूँजी थप हुनेछ भने नपुग पूँजी ४० % हकप्रद शेयर र चालु आ.व.को मुनाफाबाट रु. ८ अर्ब पूँजी पुग्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु समाहित भए पश्चात् बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुने छन् ।

विशेष