News

प्रहरी विद्यालयका विद्यार्थी कुन्दनले आत्महत्या गरेको निष्कर्ष

प्रहरी विद्यालयका विद्यार्थी कुन्दनले आत्महत्या गरेको निष्कर्ष
वैशाख–३ । नेपाल प्रहरी विद्यालयमा मृत भेटिएका विद्यार्थी कुन्दन थापाले आत्महत्या गरेको ठहर गरिएको छ । करिब दुई साता अघि काठमाडौंको रानीबारीस्थित प्रहरी विद्यालयभित्रै थापा मृत भेटिएपछि घटनाबारे छानबिन गर्न गठन गरेको छानबिन समितिले ‘आत्महत्या’ गरेको निष्कर्ष निकालेको हो । १४ वर्षीय कुन्दनको स्कुलकै तेस्रो तलाबाट हाम फालेर मृत्यु भएको बताइएको थियो । तर मृतकका आफन्तले कुन्दनले आत्महत्या गरेको नभईँ उनको हत्या भएको दाबी गरेपछि घटनाको अनुसन्धानका लागि प्रहरी उपरीक्षक (एसपी) श्याम ज्ञवालीको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो । समितिले आइतबार महानगरीय प्रहरी प्रमुख डीआईजी बम बहादुर भण्डारीलाई छानविन प्रतिवेदन बुझाएको छ । प्रतिबेदनमा कुन्दनको हत्या नभईँ उनले आत्महत्या गरेको उल्लेख छ । प्रसाशकीय कमजोरीका कारण विद्यलालयका वार्डेन प्रहरी निरीक्षक शर्मिला गुरुङलाई विभागीय कारबाहीको सिफारिस समितिले गरेको छ ।

आत्महत्या कुन्दन थापा ठहर नेपाल प्रहरी विद्यालय विद्यार्थी

विशेष