News

राष्ट्रपतिको भारत भ्रमणः जाँदा–आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय

राष्ट्रपतिको भारत भ्रमणः जाँदा–आउँदा सार्वजनिक बिदा दिने सरकारको निर्णय
वैशाख–३ । राष्ट्रपति विद्यादेवी भण्डारी भोलि पाँच दिने राजकीय भ्रमणका लागि भारत जाँदैछिन् । यसै सन्दर्भमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपति भण्डारी भारत जाँदा र स्वदेश फर्कदा दुबै दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गणतन्त्र स्थापनापछि राष्ट्रप्रमुख विदेश भ्रमणमा जाँदा–आउँदा बिदा दिइएको यो पहिलो पटक हो । राजतन्त्र रहँदासम्म राजा कुनै देशको भ्रमणमा जाँदा वा आउँदा सार्वजनिक बिदा दिने चलन थियो । परराष्ट्रमन्त्री डा. प्रकाशशरण महत, शान्तिमन्त्री सितादेवी यादवसहित ३४ सदस्यीय टोलीको नेतृत्व गर्दै भण्डारी भारत जान लागेकी हुन् । भारत भ्रमणका क्रममा राष्ट्रपति भण्डारीले समकक्षी प्रणव मुखर्जी, उपराष्ट्रपति हमिद अन्सारी, प्रधानमन्त्री नरेन्द्र मोदी लगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । पाँच दिने भ्रमण पुरा गरी राष्ट्रपति ८ वैशाखमा स्वदेश फर्कने कार्यक्रम रहेको छ । उक्त दिन पनि सार्वजनिक बिदा दिने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।

भारत मन्त्रिपरिषद्को बैठक राजकीय भ्रमण राष्ट्रपति विद्यादेवी भण्डारी सार्वजनिक बिदा

विशेष