विदेश

राष्ट्रपति इर्डोगानको शक्ति बढाउन टर्कीमा जनमतसङ्ग्रह

राष्ट्रपति इर्डोगानको शक्ति बढाउन टर्कीमा जनमतसङ्ग्रह
वैशाख–३ । टर्कीमा आइतबार जनमतसङ्ग्रहको मतदान सुरु भएको छ । यहाँका राष्ट्रपति रेसेप तायिप इर्डोगानको शक्ति बढाउने उद्देश्यले हुन गइरेहको यस जनमतसङ्गह आज बिहानबाट सुरु भएको हो  । राष्ट्रपतिको भूमिका परिवर्तनको लागि हुन लागेको यस जनमतसङ्ग्रहमा मतदानको लागि पाँच करोड ५३ लाखभन्दा बढी टर्कीज योग्य भएको बताइएको छ । यदि यो जनमतसङ्गह इर्डोगानको पक्षमा मतदान भएको खण्डमा टर्कीका संस्थापक नेता मुस्ताफा कमाल आतातुर्क र उनका उत्तराधिकारी इस्मेत इनोनुभन्दा बढी इर्डोगान शक्तिशाली हुने बताइएको छ । टर्कीको दिर्याबाकिर र पूर्वीसहरहरुमा केही समय अगाडि नै मतदान केन्द्र खोलिएको थियो भने, इस्ताबुल र अङकारा सहरमा केही घन्टापछि मात्र मतदान केन्द्र खोलिएको एएफपी समाचार समितिका समाचारदाताले जानकारी दिएको छ । टर्कीको सञ्चार माध्यमका अनुसार इस्तानबुल सहरमा मात्र यस जनमतसङ्गहका दिनमा  ३३ हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी तैनाथ गरिएको छ । रासस/एएफपी

जनमतसङ्ग्रह टर्की मतदान राष्ट्रपति रेसेप तायिप इर्डोगान

विशेष