News

सुरु भयो नेपाल–चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डशीप–२०१७’

सुरु भयो नेपाल–चीन संयुक्त सैन्य अभ्यास ‘सगरमाथा फ्रेन्डशीप–२०१७’

वैशाख–३ । नेपाली सेना र मित्रराष्ट्र चीनको जनमुक्ति सेनाको विशेष फौजहरुबीच पहिलोपटक आजदेखि संयुक्त तालिम सुरु भएको छ । महाराजगञ्जस्थित सैनिक ब्यारेकमा सुरु भएको उक्त संयुक्त तालिमलाई ‘सगरमाथा फ्रेन्डशीप–२०१७’ नाम दिइएको छ । व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी बिनोदकुमार श्रेष्ठले उक्त संयुक्त सैन्य तालिमको शुभारम्भ गर्दै नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच हुने यो तालिमले दुवै देशका सेनाको व्यावसायिकता अभिवृद्धि हुने बताए ।
चिनियाँ जनमुक्ति सेनाकातर्फबाट कर्णेल याङ सुमेङले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीचको महत्वपूर्ण पारस्परिक ऐतिहासिक सम्बन्धबारे उल्लेख गर्दै भने, “यस प्रकारको संयुक्त सैन्य तालिमबाट प्रतिआतङ्कवाद कारबाहीको क्षमतामा अभिवृद्धि हुने र दुई देशको आपसी सम्बन्ध अरु मजबुत हुनेछ ।” रासस

‘सगरमाथा फ्रेन्डशीप–२०१७’ चीनको जनमुक्ति सेना नेपाल–चीन संयुक्त सैन्य अभ्यास नेपाली सेना

विशेष