News

राष्ट्रपति भण्डारी नयाँदिल्लीमा, राज्यमन्त्री राजले गरिन् स्वागत

राष्ट्रपति भण्डारी नयाँदिल्लीमा, राज्यमन्त्री राजले गरिन् स्वागत
वैशाख - ४ । भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति विद्यादेवी भण्डारी पाँचदिने राजकीय भ्रमणकाक्रममा सोमबार दिउँसो नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएकी छन् । राष्ट्रपति भण्डारीलाई सो विमानस्थलमा भारतका महिला तथा बालविकास राज्यमन्त्री कृष्ण राजले स्वागत गरेकी छन् । त्यसअघि, विमानबाट ओर्लिएलगत्तै भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायले उनलाई स्वागत गरेका थिए । राष्ट्रपति भण्डारी विमानस्थलबाट उनलाई आतिथ्य दिइएको भारतीय राष्ट्रपतिभवनतर्फ गएकी छन् ।

bidhya devi bhandari

विशेष