Breaking News News

पूर्वशिक्षक पौडेललाई सरकारले दश लाख रुपैयाँ दिने

पूर्वशिक्षक पौडेललाई सरकारले दश लाख रुपैयाँ दिने

बैशाख – ४ । पूर्वशिक्षक कृष्णप्रसाद पौडेललाई सरकारले दश लाख रुपैयाँ दिने भएको छ । अर्घखाँची ठूलोपोखराका शिक्षक पौडेलले कम उचाइ र वजन भएको शिक्षकको रुपमा आफ्नो नाम गिनिज बुक अफ द वल्र्ड रेकर्डमा लेखाउने प्रयास गरे प्रश्चात् उनी चर्चामा आएका थिए । शिक्षक पौडेलको वजन १२ किलो र उचाई साढे दुई फीट छ । माओवादी केन्द्रका नेता टोपबहादुर रायमाझीले शिक्षक पौडेललाई सरकारले १० लाख दिन लागेको कुरा पुष्टी गरेका छन् । नेपाल आजसँगको कुराकानीमा नेता रायमाझीले भने, ‘सरकारबाट दश लाख रुपैयाँ हस्तान्तरण गर्ने पहल भइसकेको छ । आज (सोमबार) दिने भन्ने निर्णय भएको थियो । बिदा भएर हुन पाएन । त्यसकारण भोलि (मंगलबार) रकम हस्तान्तरण गर्ने निर्णय भएको छ ।’ पूर्वशिक्षक पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता गरेर गिनिज बुकमा नाम लेखाउने आश्वासन पाएपछि मिडियामा छाएका थिए । उनलाई प्रधानमन्त्रीसँग भेट गराउने काम पनि नेता रायमाझी नै गराएका थिए । अर्घाखाँचीबाट काठमाडौं आएका उनको लागि सहयोग रकम पनि जुट्न थालेकाे हाे । पूर्व शिक्षक पौडेलले आफ्नो शारीरिक अशक्तताको बाबजुद पनि ४२ वर्षसम्म शिक्षण गरेका थिए । उनी विश्वमै कम तौदल र वजन भएका शिक्षकमा गिनिज बुकमा नाम लेखाउने पहलमा छन् । यता, देशमा स्थानीय निकायको निवार्चनको माहोल सुरु भएकाले पौडेलको गिनिज बुकमा नाम लेखाउने प्रक्रिया निर्वाचनपछि हुने सहयोगी दीलिप बताउँछन् । उनको खाना जाने नलीमा समस्या छ । खाना नलीको उपचारका लागि स्वास्थ्यमन्त्री गगन थापाले आश्वासन दिए पनि अहिलेसम्म कुनै प्रक्रिया अगाडि नबढेको उनका सहयोगी तथा भतिजा पौडेलले बताए ।

krishna prasad paudel

विशेष