News

चर्काे अालाेचनापछि राष्ट्रपति फकिर्दाकाे विदा रद्द 

चर्काे अालाेचनापछि राष्ट्रपति फकिर्दाकाे विदा रद्द 
वैशाख - ४ । राष्ट्रपति विद्यादेवी भण्डारी भारतको औपचारिक भ्रमण पूरा गरी स्वदेश फकिर्दा सार्वजनिक विदा नहुने भएको छ । राष्ट्रपति भारत भ्रमण पूरा गरी स्वदेश फकिर्दा दिने भनिएको सार्वजनिक विदाकाे विषयलार्इ लिएर चौतर्फी विरोध भएपछि सरकारले कटौती गरेको हो । यसअघि राष्ट्रपति भारत जाँदा र फर्किदा गृहमन्त्रालयले सर्वाजनिक विदा दिने निर्णय गरेको थियो । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रपति स्वदेश फर्किदा विदा नदिने निर्णय गरेको हो । नेपालमा गणतन्त्र आउनुभन्दा अगाडि राष्ट्राध्यक्षका रुपमा राजा विदेश जाँदा सर्वाजनिक विदा दिने चलन थियो । तर राष्ट्राध्यक्षका रुपमा पूर्वराष्ट्रपति डा रामवरण यादव विदेश भ्रमणमा जाँदा विदा दिने चलन तोडेका थिए । सोमबारदेखि भारतको औपचारिक भ्रमण गर्न लागेकी राष्ट्रपति भण्डारीले पनि भ्रमणका बेला सर्वाजनिक विदा नदिनु पर्ने मनसाय व्यक्त गरेकी थिइन् । तर, गृहमन्त्रालयले एक विज्ञप्ति सार्वजनिक गर्दै राष्ट्रपति विदेश भ्रमणमा जाँदा र आउँदा दुबै दिन सार्वजनिक विदा दिने बताएको थियो । सरकारको सो निर्णयप्रति सामाजिक सञ्जालमा तिब्र आलोचना भएको थियो । राष्ट्रपति भण्डारी भारतका राष्ट्रपति प्रणव मुखर्जीको मैत्रीपूण निमन्त्रणमा पाँचदिने राजकीय भ्रमणका क्रममा सोमबार दिउँसो नयाँदिल्ली पुगेकी छिन् । राष्ट्रपति भण्डारीलाई भारतका महिला तथा बालविकास राज्यमन्त्री कृष्णाराजले स्वगत गरिन् ।

सार्वजनिक विदा

विशेष