विदेश

एसिड आक्रमणमा बाह्र जना घाइते

एसिड आक्रमणमा बाह्र जना घाइते
वैशाख–४ । बेलायतको राजधानी लन्डनमा रात्रिकालीन क्लबमा सोमबार बिहानै एसिड हमला हुँदा कम्तीमा १२ जना घाइते भएका प्रहरीले जनाएको छ । घाइतेमध्ये करिब २० देखि २५ वर्ष उमेरका दुई युवाको स्वास्थ्य अवस्था एसिडले जलेर गम्भीर बनेको छ । उनीहरुको अवस्था स्थिर रहेको छ भने बाँकी १० जना सामान्य घाइते भएको प्रहरीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । लन्डन वारुण बाहिनीका प्रवक्ताले एएफपीलाई दिएको जानकारीअनुसार ‘अज्ञात क्षयकारी तत्व’ क्लबमा रमाइरहेका युवामाथि छर्किएपछि क्लबमा रहेका करिब छ सय मानिसबीच भागदौड मच्चिएको थियो । प्रहरीले आक्रमण आतङ्ककारी समूहले गराएको नभई दुई समूहबीचको झडपपछि भएको जनाएको छ । प्रहरीले सख्त घाइते भएका दुई जनालाई नै आक्रमणको निशाना बनाइए पनि वरपर बसेका अन्य व्यक्ति पनि हमलाका कारण घाइते भएको बताएको छ ।

एसिड आक्रमण घाइते बेलायत रात्रिकालीन क्लब

विशेष