भिडियो News

राष्ट्रपतिको भ्रमणमा बिदा पछि माधव नेपाल फायर ! भने, ‘कामधाम छैन, जथाभावि विदा किन ?’

राष्ट्रपतिको भ्रमणमा बिदा पछि माधव नेपाल फायर ! भने, ‘कामधाम छैन, जथाभावि विदा किन ?’

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालको नेता माधवकुमार नेपालले राष्ट्रपति विदेश जाँदा र आउँदा दिइने विदा बन्द गर्नु पर्ने बताएका छन् । उनले नेपाल आजको विषेश कुराकानीका क्रममा नेपालमा सार्वजनिक विदा धेरै भएका कारण राष्ट्राध्यक्ष राजकीय भ्रमणमा विदेश जाँदा दिइने विदालगायतका अन्य धेरै कटौती गर्नु पर्ने बताएका हुन् ।
सार्वजनिक विदा आर्थिक विकासको काममा जुट्नु पर्ने भएकाले नेपाल सार्वजनिक विदा मनाउने अवस्थामा नरहेको उनले स्पष्ट पारे । उनले एउटालाई विदा दिने र अर्काेलाई नदिने गर्दा असन्तुष्टि पैदा हुने भन्दै अनावश्यक विदाहरु कटौती गर्नु पर्ने जिकिर गरे । ‘आर्थिक निर्माणको काममा जुट्नु पर्ने भएकाले अहिले विदा मनाउनु पर्ने फेज (अवस्थामा) पुगेका छैनौँ, उनले भने, ‘समय आउला, जतिखेर धेरै पैसा कमाइ सकेपछि, विदा धेरै दिनु पर्ला नेपालमा टुरिजमको प्रमोसन (पर्यटनको प्रवद्र्धन) धेरै गर्नु पर्ला, त्यो समय पनि आउन सक्छ । तर, वैज्ञानिक आधारमा तयार गर्नु पर्दछ ।’
ट्राफिक जाम उच्च ओदाहका व्यक्ति सवारी हुँदा पनि ट्राफिक जाम हुने समस्या छ नि ? भन्ने नेपाल आजको प्रश्नमा उनले उच्च ओदाहको व्यक्ति भ्रमणमा निस्कदा सुरक्षाको निम्ति सर्तकता अपनाएपनि धेरै जाम गर्ने तरिका गलत भएको बताए । उनले वढीमा १५ मिनेट गर्न सकिने तर, १० मिनेटभन्दा वढी जाम गर्ने नहुने जिकिर गरे । उनले भने, हामी कहाँ कुनै पनि चिज अति छ, गर्दा पनि अति गर्ने, रोक्दा पनि अति रोक्ने, दिनु पर्ने सुविधाबारेमा पनि चिडचिडाहड राख्ने, विदेशी मुलुकहरुमा यस्तो हुँदैन । विदेशमा संस्कृति हुर्केको छ, तर नेपालमा अराजकता धेरै रहेको छ ।’ उनले अराजकता र कथित अधिकारको कुराले नेपालीलाई पिरोलेको जिकिर गरे । त्यस्तै नेता नेपालले अब देशको सम्विद्धृ विकासको परिकल्पना गर्दै अर्थाथमा उत्रार्ने तिर लाग्नु पर्ने सुझाव दिए । उनले राम्रो काम गर्नेलाई पुरस्कारको र नराम्रो काम गर्नेलाई दण्ड सजायको परिपाटी बसाल्नु पर्ने बताए ।

bidhya devi bhandari madhav kumar nepal

विशेष