कस्तो चलन बिहे भएको तीन दिन सम्म ट्वाइलेट जान नपाउने
इण्डोनेसिया रहेको एक समुदायमा विवाह भएको तीन दिनसम्म शौचालय जान नपाउने अनौठो प्रथा रहेको छ ।
टिडन्ग नामक आदिवासी समुदायमा यस्तो विचित्रको परम्परा कायम छ । उक्त समुदायमा बिहे गरेको तिन दिनसम्म बेहुला बेहुलीलाई शौचालय जाने अनुमति दिइँदैन ।
सुन्दा निकै अनौठो, अप्रिय तथा कष्टकर लाग्दछ । तिन दिनसम्म ट्वाइलेट जान नपाउँदा भर्खर बिहे गरेका लोग्नेस्वास्नीको हालत के होला ? दया लागेर आउँछ । तर आखिर रितिरिवाज न भयो, सबैले मान्नैपर्ने ।
बिहेपछि नौला दुलाहा दुलहीले ट्वाइलेट नै बार्नुपर्ने यो संस्कारका पछाडि केही कारण रहेछन् । बिहेको तिन दिनसम्म यदि बेहुला बेहुलीले घरको ट्वाइलेट प्रयोग गरेमा भाग्य बिग्रिने र बिहे धेरै नटिक्ने, कुनै अप्रिय घटना हुने वा कसैको मृत्यु हुन्छ भन्ने धारणा छ ।
ट्वाइलेट जान नपाउने भएपछि नयाँ बेहुला बेहुलीलाई बिहेको तिन दिनसम्म खानेकुरा पनि कम दिइन्छ । तिन दिनपछि यो परम्परा पूरा भएसँगै बेहुला बेहुलीले नुहाइधुवाइ गर्दछन् र आफ्नो नयाँ जिन्दगीको सुरुवात गर्दछन् ।
त्यस्तै यो समुदायमा बेहुलाले आफ्नी बेहुलीका लागि गीत गाउँदैन तबसम्म उसले बेहुलीलाई हेर्न पाउँदैन । त्यस्तै युवतीहरु आफ्नो बिहे पक्का भएसँगै आफ्नो बुवाआमाको घरबाट बाहिर निस्कन पाउँदैनन, बिहे नटुंगिउन्जेल ।
bibaha