News

सूर्यविनायकमा डिप बोरिङ खन्दा अागलागी

सूर्यविनायकमा डिप बोरिङ खन्दा अागलागी
वैशाख – ५ । खानेपानीको डिप बोरिङ गर्ने क्रममा ग्यास निस्किदाँ भक्तपुरको पिलागाउँमा आगलागी भएको छ । सूर्यविनायक नगरपालिका सिरुटार १ को पिलागाउँस्थित वडा कार्यालय नजिक आगलागी भएको हो । डिप बोरिङ गर्ने क्रममा एक सय ५० मिटर गहिरो खाल्डो खनेपछि अचानक आगो निस्किएको हो । आगोले डिप बोरिङमा प्रयोग हुने मेसिनमा क्षति पुगेको छ । सुरक्षाकर्मी, स्थानीय बासिन्दा आगो निभाउने प्रयास गरिरहेका छन् । त्यस्तै ललितपुर र भक्तपुरका तीनवटा दमकलले निभाउने कार्यमा लागि परेका छन् । आगलागी प्राकृतिक ग्यासका कारण आगलागी भएको अनुमान गरिएको छ ।

Fire

विशेष