विदेश

चीनमा अनुशासनहिन कार्य गर्ने ८५ हजार सरकारी अधिकारीलाई कारबाही

चीनमा अनुशासनहिन कार्य गर्ने ८५ हजार सरकारी अधिकारीलाई कारबाही
वैशाख - ५ । कम्युनिस्ट पार्टी अफ चाइना (सिपिसी)का अनुशासन निरीक्षण अधिकारीले यस वर्षको सुरुदेखि चार महिनाभित्रमा देशभरी ८५ हजार सरकारी अधिकारीहरुलाई अनुशासनहिन कार्य गरेको आरोपमा कारबाही गरेको छ । सरकारी कारबाहीमा पर्ने व्यक्तिहरुमध्ये प्रान्तीय र मन्त्रीस्तरका १४ जनासमेत रहेका ‘सिपीसी सेन्ट्रल कमिसन फर डिसिप्लेन इन्स्पेक्शन (सीसीडिआइ)’ले जानकारी दिएको छ । सिसिडिआइले आफ्नो वेबसाइडमा मंगलबार प्रकाशित गरेको तथ्यांकअनुसार यस कारबाहीमा १४ जना उच्चस्तरीय अधिकारीहरु, चार सय प्रान्तीय अधिकारी र तीन हजार ५०० काउन्टीस्तरका अधिकारीहरु रहेका छन् । सिन्ह्वा

China

विशेष