News

अध्यक्ष ओलीको स्वास्थ्य प्रतिवेदन राम्रो, ७ गते स्वदेश फर्कने

अध्यक्ष ओलीको स्वास्थ्य प्रतिवेदन राम्रो, ७ गते स्वदेश फर्कने
वैशाख - ५ । नियमित स्वास्थ्य परीक्षणका लागि थाइल्यान्डको बैंकक गएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्य परीक्षणबाट सबै प्रतिवेदन राम्रो आएको पाइएको छ । अध्यक्ष ओलीका निजीसचिव अनिश दाहालकाअनुसार पूर्वप्रधानमन्त्री ओली यही वैशाख ७ गते स्वदेश फर्कनेछन् । उनी गत चैत २६ गते त्यसतर्फ गएका थिए । उनका साथ पत्नी राधिका र निजी चिकित्सक डा दिव्या सिंह छन् । अध्यक्ष ओली विदेश रहेका कारण स्थानीय निर्वाचनमा पार्टीको तयारीलगायत विषयमा छलफल गर्न यही वैशाख ३ गतेका लागि तोकिएको एमाले केन्द्रीय कमिटीको आठौं पूर्ण बैठक स्थगन भएको थियो ।

KP Sharma Oli

विशेष