News समाज

डोल्पामा जीप दुर्घटना चारको मृत्यु, दुई घाइते

डोल्पामा जीप दुर्घटना चारको मृत्यु, दुई घाइते

वैशाख ६ । मंगलबार डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाको भिठ्ठीमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । भे १ च १२५१ नम्बरको जीप सडकबाट करिब डेढ सय मिटर तल खसेको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार दुर्घटनामा जीप चालक दैलेख घर भई हाल डोल्पाको कालागौंडा बस्ने बुद्धसिंह कठायत, ठूलोभेरी नगरपालिका–७ की सोनी रोकाय,डोल्पाको ठूलोभेरी नगरपालिका–९ का लोकेन्द्र शाही र त्रिपुरासुन्दरी नगरपालिका–४ का धर्मलाल बुढाको मृत्यु भएको छ ।

घाइतेहरुको जिल्ला सदरमुकाम दुनैमा उपचार भइरहेको छ । के कारण दुर्घटना भएको भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी गराएको छ ।

Accident

विशेष