News

राष्ट्रपति भण्डारीलाई गुजरातमा भव्य स्वागत

राष्ट्रपति भण्डारीलाई गुजरातमा भव्य स्वागत
वैशाख - ६ । भारतको पाँचदिने राजकीय भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी गुजरात राज्यको राजकोट पुगेकी छिन् । राजकोट विमानस्थलमा उनलाई गुजरात राज्यका गृहमन्त्री प्रदीप जाडेजाले स्वागत गरेका छन् । स्थानीय झाँकी र वेशभूषासहित स्थानीयवासीले उनलाई स्वागत गरेका थिए । नयाँदिल्लीका महत्वपूर्ण भेटघाट र कार्यक्रम सम्पन्न गरी राष्ट्रपति भण्डारी गुजरातको चौथो ठूलो सहर राजकोट आएकी छिन् । अहिले राष्ट्रपति भण्डारीले यहाँस्थित सोमनाथ मन्दिरको अवलोकन गरिरहेकी छिन् ।

bidhya devi bhandari

विशेष