News

निर्वाचन अायाेगले ताेक्याे मतदान केन्द्र र मतदान स्थल (हेर्नुहाेस विवरण)

निर्वाचन अायाेगले ताेक्याे मतदान केन्द्र र मतदान स्थल (हेर्नुहाेस विवरण)
वैशाख – ६ । आशन्न स्थानीय तहको निर्वाचनका लागि निर्वाचन अायाेगले मतदान केन्द्र र मतदान स्थल ताेकेकाे छ । बुधबार निर्वाचन आयोगमा बसेको बैठकले सो निर्णय गरेको हो । अायाेगका अनुसार देशैभर १८ हजार ५ सय ७२ मतदान केन्द्र हुने भएका छन् भने १० हजार ६ सय ४० मतदानस्थल रहने छन् । एक करोड ४० लाख ५४ हजार ४८२ मतदाताले फाेटाेसहितकाे मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । मतदाताले कुन ठाउँमा गएर मतदान दिनेभन्ने पनि टुंगाे लागेकाे छ । आयोगको कार्यतालिकाअनुसार चैत २० गते नै मतदान केन्द्र र मतदानस्थल तोकि सक्नु पर्ने थियो । तर, २ नम्बर प्रदेशमा मधेस केन्द्रीत दलको विरोधका कारण सिफारिस नआउँदा ढिलाई भएको हो । ७५ जिल्लामा कायम मतदान केन्द्र र मतदान स्थलकाे विवरण हेर्न याे लिंकमा क्लिक गर्नुहाेस् ।

विशेष