विदेश

राष्ट्रपति ट्रम्पद्धारा – ‘अमेरिकन नै किनौ, अमेरिकन नै राखौ’ आदेश जारी

राष्ट्रपति ट्रम्पद्धारा – ‘अमेरिकन नै किनौ, अमेरिकन नै राखौ’ आदेश जारी
  वैशाख–६ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘अमेरिकन नै किनौ, अमेरिकन नै राखौं’ भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गरेको छ। विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गरेको अधिकारीले जनाएका छन् । ‘यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौंँ, हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छौं, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छौं, र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौँ,’ सयौं मजदुरहरुको अगाडि कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि ट्रम्पले भने । अहिलेको कार्यकारी आदेशले प्रवेशाज्ञा प्रणालीमा केही प्रभाव पार्ने देखिएको छ । त्यसैगरी बसाइँ सराई प्रणालीका कतिपय त्रुटी सच्याउने अवसरका रुपमा पनि यस आदेशलाई लिइएको छ । ‘अमेरिकन नै किनौ, अमेरिकन नै राखौंलाई अमेरिकी उत्पादन खरिद गर्न र अमेरिकी नागरिकलाई काममा लगाउन प्रोत्साहित गर्ने गरी आदेश ल्याइएको अधिकारीहरुले जनाएका छन् । राष्ट्रपति कार्यालयका सञ्चार सचिव साराह सन्मेर्सले यो आदेशले अमेरिकालाई थप बलियो बनाउने विश्वास व्यक्त गर्नुभयो । अमेरिका बनाउने अमेरिकी कामदारहरुको पक्षमा यो आदेश भएको उनको भनाइ छ । आदेशमा विशेष दक्षता आवश्यक पर्ने क्षेत्रमा काम गर्ने विदेशीलाई दिइने प्रवेशाज्ञासम्बन्धी कार्यक्रममा समीक्षा गर्ने उल्लेख छ । रासस/सिन्ह्वा

अमेरिकन अमेरिका कार्यकारी आदेश डोनाल्ड ट्रम्प

विशेष