News

सबै जिल्लाको नमुना मतपत्र अायाेगकाे वेबसाइटमा

सबै जिल्लाको नमुना मतपत्र अायाेगकाे वेबसाइटमा
वैशाख - ६ । निर्वाचन आयोगले २०७४ वैशाख ३१ गते आइतबार हुने स्थानीय तह निर्वाचन प्रयोजनका लागि मुलुकका ७५ जिल्लाका लागि छपाइ भएको मतपत्रको नमुना वेबसाइटमा राखेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले ६ आकारको मतपत्र छपाइ गरेको छ । मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् । मुलुकमा चार महानगरपालिका, १३ उपमहानगरपालिका, २४६ नगरपालिका र ४८१ गाउँपालिका गरी ७४४ स्थानका लागि निर्वाचन हुन लागेको हो । यो निर्वाचनबाट १३ हजार ३६० महिला उम्मेदवार निर्वाचित हुनेछन् भने ६ हजार ६८० वडाबाट एक–एकजना दलित महिला पनि चुनिनेछन् । स्थानीय तहको निर्वाचनबाट मुलुकभर ३६ हजार ६३९ जना निर्वाचित हुने आयोगले जनाएको छ ।  

nirbachan निर्वाचन आयोग

विशेष