News

अष्ट्रेलियाले नागरिकता प्रक्रियामा ल्यायो यस्तो कडाई

अष्ट्रेलियाले नागरिकता प्रक्रियामा ल्यायो यस्तो कडाई
बैशाख ७ । अष्ट्रेलियाले आप्रवासन प्रक्रियामा लिइने नागरिकतामा कडाइ गरेको छ । अष्ट्रेलियाले ल्याएको नयाँ व्यवस्थाअनुसार नागथरिकता लिन इच्छुक आप्रवासी कम्तीमा पनि चार वर्ष अनिवार्य रुपमा बसेको हुनुपर्ने नियम लागू गरेको छ । दुई दिन अघि अष्ट्रेलियाले दक्ष विदेशी कामदारलाई दिने भिसामा कडाई गर्ने घोषणा गरेको थियो । त्यसकै दुई दिन पछि नागरिकतामा पनि कडाई गरेको हो । अहिलेको नयाँ परिवर्तनबाट आप्रवासीहरुलाई स्थानीय समुदायसँग अझै राम्ररी घुलमिल हुने अवस्था बन्ने प्रधाानमन्त्री टर्नबुलले दाबी गरेका छन् । उनकाअनुसार, आप्रवासीहरु अष्ट्रेलियाको मूल्य मान्यताप्रति प्रतिबद्ध भएको देखाउनु महत्वपूर्ण छ । अष्ट्रेलियाका मूल्य मान्यतालाई विस्तृत रुपमा खुलाउँदै टर्नबुलले आप्रवासीहरुले धार्मीक स्वतन्त्रता र लैंगिक समानतालाई समर्थन गर्नैपर्ने बताए । उनकाअनुसार, महिला र बालबालिकाको सम्मान अष्ट्रेलियाको मुख्य मूल्य मान्यता हो र घरेलु हिंसा त्यहाँ कुनै पनि हालतमा सह्य हुने छैन । नागरिकताप्रक्रियाका अन्य परिवर्तन यस्ता छन् — अंग्रेजी भाषा पढ्ने, लेख्ने, सुन्ने र कडा परीक्षा दिनुपर्ने — स्थानीय समुदायमा घुलमिल भएको प्रमाण उपलब्ध गराउनुपर्ने, जसमा रोजगारीको इतिहास, स्कुल भर्ना वा सामुदायिक संगठनहरुको सदस्यता आदि पर्दछन् । — कम्तिमा पनि चार वर्ष अष्ट्रेलियाको स्थायी बासिन्दा हुनुपर्ने । — आवेदकहरुले तीन पटकमात्रै आवेदन दिन पाउने, परीक्षामा चिटिङ गर्ने व्यक्ति स्वतः फेल हुने ।

Australia

विशेष