News

पनौती नगरपालिकामा फोरमकाे उम्मेदवारी

पनौती नगरपालिकामा फोरमकाे उम्मेदवारी

वैशाख ७ । पनौती नगरपालीका ५ नम्बर वडाबाट लोकतान्त्रीक फोरमका विनोद खत्रीले उम्मेदवारी दिएका छन् । पनाैती नगरपालिकाका जुझारू युवा नेता ३४ वर्षीय खत्रीलार्इ फाेरमले वडा अध्यक्षकाे उम्मेदवारमा उठाउने निर्णय गरेकाे हाे ।

गाउँको विकासको लागि युवाको आवश्यकता भएकाले युवाको मन जित्न सफल उनी आफू जित्नेमा ढुक्क रहेको बताउँछन् । विगत केही समयदेखि विभिन्न सामाजिक कार्यमा सहभागी हुँदै आइरहेका छन् ।

खत्रीले पनौती नगरपालीकाको विकासको लागि आफू सदा निष्ठावान भएर भिजनसहित लाग्ने बताए । पनौती नगर कमिटिको अध्यक्षसमेत रहेका खत्री पनौतीस्थित संगालो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष पनि हुन् । यसका साथै उनी व्यवसायमा पनि आबद्ध रहँदै आएका छन् ।

वडा सदस्यको लागि भने उम्मेदारी चयन हुनै बाँकी रहेको खत्रीले बताए । यस्तै फोरमको तर्फबाट पनौती नगरपालीकाको मेयरमा गोबिन्द बहादुर थापा र उपमेयरमा कमला श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।

विशेष