विदेश

सिड्नीका रेल स्टेशनहरु खतरापूर्ण - अध्ययन

सिड्नीका रेल स्टेशनहरु खतरापूर्ण - अध्ययन
वैशाख - ७ । अष्ट्रेलियाको सिड्नीका विभिन्न रेल स्टेशनहरु अत्याधिक भिडभाडका कारण खतरापूर्ण बन्न थालेको एक अध्ययनले देखाएको छ । अनुसन्धानकर्ताहरुले तयार पारेको प्रतिवेदनमा इपिङ, स्ट्राथफिल्ड र उत्तरी सिड्नीका रेल स्टेशनहरुमा बनाइएका भौतिक संरचनाहरु पर्याप्त र आवश्यकता अनुसार नभएको उल्लेख गरिएको छ । सिड्नी विश्वविद्यालयका यातायात र आपूर्ति व्यवस्थापन विज्ञ जोफ्री क्लिफ्टनले सहायक सहरहरुमा मान्छेहरुको आवतजावत बढी भएर मान्छेहरुको भिडभाड बढेकाले गुणस्तरमा ह्रास आउन थालेको बताए। उनले भने, 'अत्याधिक धेरै मान्छेहरुले रेलको प्रयोग गर्दछन्, अत्याधिक भिडभाडका कारण उनीहरु आफैँ आजित भएका छन् ।' यसलाई कम गर्न अवदेखि नै धेरैकाम एकपछि अर्को गर्दै जानु पर्ने उनकाे भनाइ छ । 'अत्याधिक भिडभाडको समस्याको सिधा समाधान भनेको अर्को रेलमार्ग बनाउनु हो, तर यो बनाउन धेरै समय र खर्च लाग्छ,' उनले भने। यात्रुहरु रेलमा चढ्ने, बस्ने, ओर्लिने, रेल कुर्ने आदी कार्यमा केही सुधार गर्न सकिने जस्तो देखिने उनले बताए । अत्याधिक धेरै जनसङ्ख्या बढ्दै जानु र एउटै मान्छेले पनि पटक पटक रेल प्रयोग गरिरहनु पर्ने कारण पनि समस्या उत्पन्न भएको उनको भनाई छ । सिन्ह्वा

विशेष