अफगानिस्तानः सुरक्षा कारबाहीमा ४७ तालिवान लडाकू मारिए

बैशाख - ७ । अफगानिस्तानमा भएको पछिल्लो सुरक्षा कारबाहीमा परी ४७ जना तालिवान लडाकूहरु मारिएका अफगान रक्षा मन्त्रालयले बिहीबार जानकारी दिएको छ ।
'अफगान राष्ट्रिय सुरक्षा बल (एएनएसएफ) ले देशका केही क्षेत्रमा गरेको सुरक्षा कारबाहीका क्रममा शान्ति र स्थिरताका शत्रुका रुपमा रहेका आतङ्ककारीहरु मारिएका छन्,' रक्षा मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
गत २४ घण्टाको अवधिमा भएको यस कारबाहीका क्रममा अन्य ११ जना घाइते र एक पक्राउ परेको पनि दैनिक सुरक्षा कारबाहीको ताजा विवरण सार्वजनिक गर्ने शिलशिलामा रक्षा मन्त्रालयले जनाएको छ ।
देशभरका ३४ प्रदेशहरु मध्ये १३ प्रदेशमा जारी यस कारबाहीको क्रममा ती आतङ्ककारी मारिनु साथै विभिन्न ठाउँमा विस्फोटनका लागि राखिएका ३१ ओटा बम तथा विस्फोटक पदार्थहरु सुरक्षाकर्मीहरुले नियन्त्रणमा लिएका छन् । तालिवानीहरुको नेतृत्वमा अफगानिस्तानमा निरन्तर हिंसात्मक क्रियाकलापहरु भईरहेका छन् ।
Afghanistan
Afghanistan war