विदेश

कोलम्बियामा आएको बाढीले १६ जनाको मृत्यु

कोलम्बियामा आएको बाढीले १६ जनाको मृत्यु
वैशाख–७ । कोलम्बियाको मध्य क्षेत्रमा आएको बाढी पहिरोमा परी कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीले बताएका छन् । बाढी पहिरोकै कारण सयौं जनाको मृत्यु भएको केहीदिनपछि पुनःअर्को बाढी पहिरोको घटना भएको सरकारी उद्धारकर्ताको भनाइ रहेको छ ।मनिजल्स सहरमा भिषण वर्षापछि आएको यस बाढी पहिरोका कारण अरु कम्तीमा सात जना हराइरहेका जनाइएको छ । यसअघि मोकोअ सहरको पहाडी इलाकामा पर्ने तीन वटा नदीमा गत महिनाको ३१ तारिखमा आएको भीषण बाढीमा परी कम्तीमा ३२३ जनाको मृत्यु भएको थियो । त्यस घटनामा मारिएका व्यक्ति एक सय जना बालबालिका रहेका थिए । मनिजल्सका मेयर जोसे अक्टाभिओ कार्डोनाले स्थानीय एक रेडियोलाई दिएको अन्र्तावार्तामा ढुङ्गा माटोसहितको बाढी पहिरो गएको बताए । भीषण वर्षाभएपछि स्थानीय बासिन्दालाई सतर्क रहन आह्वान गरिएको उनले जानकारी दिए । राष्ट्रपति जोन म्यानुअल सान्तोषले आफ्ना अन्य कार्यक्रम रद्द गरेर घटनास्थलको निरिक्षण गर्ने योजना बनाएको छ । घटनास्थल मोकोअ जस्तै पुग्नका लागि निकै अप्ठयारो र दुर्गम क्षेत्रमा पर्दछ । ‘यो जलवायु परिवर्तनको प्रभाव हो,’ उनले समाचारदातालाई भने, ‘म यस बारेमा सतर्क रहन सबैलाई आह्वान गर्दछु, वातावरणीय समस्याका बारेमा बेवास्ता गर्नुहुँदैछ ।’ उनले ट्विटरमा लेख्दै घटनास्थलमा तत्काल उद्धार तथा सहयोगका लागि सक्रिय हुन सरकारका सम्वन्धित निकायलाई निर्देशन दिएको छ । बाढी पहिरो गएको मनिजल्स क्षेत्रको जनसङ्ख्या झन्डै चार लाख रहेको छ । घटनास्थलमा अहिले पानी, विजुली, सञ्चार लगायतका सेवाहरु अवरुद्ध भएका छन् । रासस/एएफपी

कोलम्बिया बाढी मृत्यु

विशेष